ताइवानमा बिजुली नहुँदा ५० लाख घरधुरी अन्धकारमा
राजधानी ताइपेई लगायत ताइवानका प्रमुख शहरहरुमा बिजुली गएको छ । उर्जा प्लान्टमा दुर्घटना भएपछि बिजुली गएको हो । देशको आर्थिक मामिला मन्त्री वाङ मिहुवाले यो दुर्घटना दक्षिणी ताइवानको उर्जा प्लान्टमा भएको बताएकी राज्य स्वामित्वको मिडिया सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ । यो विषय तत्काल समाधान गरिने उनले थपिन् । बिजुली जाँदा ५० लाख घरधुरी प्रभावित भएका छन् ।
राज्य संचालित उर्जा अपरेटर ताइपावरले सियाङडा उर्जा प्लान्टको ट्रान्सफर्मरमा यो घटना भएको जनाएको छ । उनीहरुले उर्जाको ब्याकअपलाई सक्रिय पार्न लागेको पनि उनले बताएकी छन् । यो उर्जा प्लान्टले ताइवानको उर्जाको ७ भागको १ भाग आपूर्ति गर्दै आएको छ ।
ताइवानस्थित विश्वकै ठूलो चिप निर्माता टीएसएमसीले आफ्ना केही संख्याका प्लान्टहरुमा छोटो अवधिमा बत्ती जाने समस्या भोगेको जनाएको छ । यो टापु मुलुकले बेला बेलामा बत्ती जाने समस्या भोगिरहेको छ । २०१७ मा ठूलो रुपमा बत्ती जानाले ६६ लाख ८० हजार घरधुरी प्रभावित भएका थिए ।