आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुधार गृहबाट भागेका युवा मृत फेला

बुधबार, २५ फागुन २०७८, १९ : ५३
बुधबार, २५ फागुन २०७८

विराटनगरको सुधार गृहबाट भागेका एक युवा मृतावस्थामा फेला परेका छन् । विराटनगर–२ मा रहेको स्पर्श नेपाल नामक सुधार गृहबाट हिजो फरार भएका सुनसरीको गढी गाउँपालिका २ घर भइ धरानमा बस्दै आएका २६ वर्षीय दिलेन्द्र परियार मृतावस्थामा फेला परेका हुन् । 

सुधार गृहबाट परियारसहित उनका साथीहरु धरानका निशान धमला, विराटनगरका दिनेश बस्नेत र रोहित कामत फरार भएका थिए । हराएपछि खोजी गर्ने क्रममा परियारको शव आज दिउँसो मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । भागेका अन्य तीन जना भने परिवारको सम्पर्कमा पुगेको पत्ता लागेको प्रहरीको भनाइ छ ।

सिंघीया खोलामा हामफालेर भाग्ने क्रममा परियार डुबेको बताइएको छ । उनको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।  चारै जनालाई परिवारले सुधारका लागि एक महिनाअघि सुधार केन्द्रको जिम्मा लगाएका थिए । 
यता, मृतकका आफन्तले भने सुधार गृहको लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन् । मृतकका बुबा दिलीपकुमार परियारले सुधार केन्द्रको लापरबाहीका कारण घटना भएको आरोप लगाए ।
सुधार केन्द्रका अध्यक्ष सञ्जीव खड्काले भने आफूहरुले लापरवाही नगरेको दाबी गरेका छन् । अहिले पनि सुधार गृहमा १५ जना युवा रहेका छन् । सरसफाइ गर्ने क्रममा उनीहरु भागेको खड्काको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप