आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मंगलम वायरसेफ’ नेपाली बजारमा

शुक्रबार, २७ फागुन २०७८, १८ : ५६
शुक्रबार, २७ फागुन २०७८

मंगलम इण्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ सार्वजनिक गरेको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वायरसेफको अनावरण गरेकी सो कम्पनीले जानकारी दिएको छ । ​वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप घर धनीहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको कम्पनीले दाबी गरेको छ ।

एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरू प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङको लागि भने कालो एचडीपीइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । तर, यो पाइप वायरिङको लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरूबाट बचाउँदैन ।

मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले नयाँ उत्पादन मंगलम वायरसेफ अहिलेको आवश्यकता भएको र राम्रो र बलियो बनाउन सही निर्माण सामग्रीको साथ–साथै सही पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।​​

मंगलमका सबै उत्पादनहरू उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइएको उत्पादक कम्पनीले उल्लेख गरेको छ । नेपालमै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । जापानी कच्चापदार्थबाट बनाइने मंगलमका उत्पादनहरू आइएसओ४९८५ प्रमाणित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप