आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा करेण्ट लागेर एक महिलाको मृत्यु

सोमबार, १२ असार २०७४, १० : २३
सोमबार, १२ असार २०७४

सिरहा – सिरहाको धनगढीमाई नगरपालिकामा करेण्ट लागेर एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ९ चैनपुर बस्ने ५६ बर्षीया सहना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 


खातुनको  पानी तान्ने मोटरबाट करेन्ट लागेर ज्यान गएको प्रहरीले बताएको छ । घर नजिकै रहेको सार्वजनिक ईनारमा पानी तान्ने क्रममा विजुलीको तार सर्ट भई खातुनलाई अचानक करेन्ट लागेको थियो । 


करेन्ट लागेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागी लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । 


घटनाबारे थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ । मृतकको शव पोष्ठमार्टमको लागि लहानस्थित अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलयका सिरहाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप