आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होली पर्वले राष्ट्रियता¸लोकतन्त्र र गणतन्त्र सुदृढ गर्नेछ : मुख्यमन्त्री पाण्डे

बिहीबार, ०३ चैत २०७८, ०८ : ४१
बिहीबार, ०३ चैत २०७८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फागु पूर्णिमा ‘होली’ पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता¸ लोकतन्त्र र गणतन्त्र सुदृढ गर्ने बताएका छन् । उनले बिहिबार एक शुभकामना सन्देश जारी गर्दै समाजवादको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकतावद्ध भई अघि बढ्न होली पर्वले प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छः ‘नेपालीहरुले तराई तथा पहाडमा हर्षोल्लास पूर्वक मनाउने रङ्गहरुको महान पर्व फागु पूर्णिमा –होली) का अवसरमा स्वदेश तथा प्रवासमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

उनले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मेलनमा महत्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत सहयोग गर्ने उल्लेख गरेका छन् ।

‘असत्य माथि सत्य र खराब माथि असल पक्षले विजय हासिल गरेको रुपमा लिइने होली पर्व देशभर हर्षोल्लास पूर्वक मनाइने राष्ट्रिय पर्वमा खेलिने रङ्गहरुको यो पर्वले हामी मानव जीवनलाई रङ्गिन र उल्लासमय बनाउन र जीवन प्रति आत्मविश्वास बढाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु । पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोली एक आपसमा भेला भई रङ्गहरु लगाई हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ। यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै बागमती प्रदेश भित्र बसोबास गर्ने विभिन्न जात जातिका संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न आवश्यक सहयोग गर्न सरकार सदैव तयार रहनेमा विश्वस्त रहन उनले भनेका छन् ।

‘फागु (होली) पर्वले हामी बिच सद्भाव¸ आत्मियता¸ आपसी समझदारी¸ एकता¸ सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भै समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु,’ विज्ञप्तीमा उल्लेख छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप