आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेसिनको फित्तामा बेरिएर एक युवकको मृत्यु

बिहीबार, ०३ चैत २०७८, १० : १७
बिहीबार, ०३ चैत २०७८

शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया स्थित शिवम् सिमेन्ट उद्योगमा काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा भारतीय मुलुकका अन्दाजी १८÷२० वर्षीय रकिव अख्तर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

युवकको बिहिबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा  मेसिनमा परेर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए । घटनाको बारेमा अनुसन्धान कार्य सुरु गरिएको र हाल प्रहरीले घटनास्थल र शवको मुचुल्का उठाउने काम गरिरहेको उनले बताए । घटनास्थलको प्रक्रिया सकेर शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइने उनको भनाई छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप