आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गीताको मायाले दोधारमा परे पुष्प

बिहीबार, ०३ चैत २०७८, १३ : ३४
बिहीबार, ०३ चैत २०७८

अमेरिकामा रहेर गायनमा निरन्तर लागि रहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरू दर्शकमाझ ल्याइसकेकी छिन् । यस्तैमा रानीको स्वर रहेको नयाँ गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रानी र रोशन बलुवाको स्वर रहेको गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगाना रोमान्टिक अन्दाजमा देखिएका छन् । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा वीरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोमा पुष्प र गीता एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप