आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

बिहीबार, ०३ चैत २०७८, १८ : १२
बिहीबार, ०३ चैत २०७८

बारामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका-१८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको हो ।

पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप