आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा विदेशी पर्यटकले मनाए फागुपूर्णिमा

बिहीबार, ०३ चैत २०७८, १९ : १२
बिहीबार, ०३ चैत २०७८

पोखरामा विदेशी पर्यटकहरुले पनि फागुपूर्णिमा  मनाएका छन् । पोखरेलीहरुसँगै विदेशी पर्यटकहरुले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागुपूर्णिमा मनाएका हुन् ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागुपूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको रुपमा कार्यक्रम आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । पहिलो पटक फागुपूर्णिमामा सहभागि भएका कतिपय विदेशीहरु पनि नेपालीहरुसँगै उत्तिकै रमाइलोमा सहभागी भएका थिए ।

पर्यटकहरु बालबच्चाहरूसँग खुशी भएर रङ हान्न र अवीर खेल्नमा ब्यस्त देखिन्थे । पर्यटकको बढी चहलपहल हुने  लेकसाइडको तिन किलोमीटर क्षेत्रमा पर्यटकहरूलाई सहभागी गराई सामुहिक रुपमा होली खेलेर पञ्चे बाजा, संगीतका साथमा फागु खेल्दै गौरीघाट, वाराहीचोक, हल्लनचोक हुँदै खहरेचोक पुगेर महोत्सव सकिएको थियो । यस प्रकारको महोत्सवले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले वताए ।

महोत्सवको अवसरमा बिभिन्न स्थानमा कन्सर्ट राखिएको थियो । फागु पर्व मनाउने क्रममा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब ५० जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता(डिएसपी) सुन्दरमणि तिवारीले जानकारी दिए । सुरक्षाका लागी पोखराका मुख्य चोकहरुमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप