आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन दिनमा थप ७ अर्ब तरलता थपियो, लगानीको वातावरण बन्दै

शुक्रबार, ०४ चैत २०७८, १५ : २८
शुक्रबार, ०४ चैत २०७८

तीन दिनमा बैंकिङ च्यानलमा थप ७ अर्ब रुपैयाँ तरलता (लगानी योग्य पुँजी) थपिएको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत फागुन २७ गतेदेखि ३० गतेसम्म (तीन दिन) मा २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो । 

अघिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्ममा यस्तो निक्षेप बैंकहरुले जम्मा २ अर्ब रुपैयाँले मात्रै बढाउँदै कुल ४३ खर्ब २६ अर्ब रुपैयाँ संकलन गरेका थिए । 

यस्तै, समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी समेत ३ अर्बले वृद्धि गर्दै कुल ४१ खर्ब ७२ अर्ब रुपैयाँ लगानी गरेको संघले जनाएको छ । तर, अघिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्ममा बैंकहरुले एक अर्ब रुपैयाँले कर्जा घटाउँदै कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ मात्र लगानी गरेका थिए । 

पछिल्लो समय बैंकमा निक्षेप बढ्न थालेपछि बैंकहरुले लगानी बढाउन थालेका हुन् । क्रमिक रुपमा निक्षेप बढ्न थालेपछि मुलुकमा विस्तारै लगानीको वातावरण बन्दै गएको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप