आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाको बैठक आज पनि बस्दै, चुनावबारे कस्तो निर्णय लेलान् ?

शनिबार, ०५ चैत २०७८, ०५ : ००
शनिबार, ०५ चैत २०७८

हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा प्रवेश गरेको विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिबार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले चुनावबारे कस्तो निर्णय लेला भन्ने चासो राजनीतिक वृत्तमा रहेको छ । 

महासचिव विप्लवले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर अघि बढ्ने उल्लेख गरिएको छ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ । 

सोही राजनीतिक प्रतिवेदनमाथि शनिबार छलफल चल्नेछ । नेकपा स्रोतले भन्यो, ‘प्रतिवेदनमा अन्य विषयहरु पनि छन् तर विशेष निर्वाचनलाई केन्द्र बनाइएको छ । बैठकमा त्यसै विषयमा गहन छलफल हुने छ ।’ शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो । 

यसैबीच नेकपा एमालेका नेता योगेश भट्टराईले विप्लवले  आगामी निर्वाचनमा भाग लिन गरेको प्रस्ताव वस्तुवादी र सही भएको बताएका छन् । नेता भट्टराईले विप्लवको सो प्रस्ताव नेपाली धर्तीको मार्क्सवादी विचार भएको भन्दै प्रशंसा समेत गरेका छन् । 
सञ्जालमार्फत नेता भट्टराईले भनेका छन्, ‘कमरेड नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्ताव गर्नुभएछ । यो अत्यन्तै वस्तुवादी र सहि प्रस्ताव हो । नेपाली धर्तीको मार्क्सवादी विचार पनि हो ।’

भट्टराइले अन्ततः सबै कम्युनिष्टहरुको बाटो यही भएको र यही बाटोबाट समाजवादसम्म पुग्न सकिने  दाबी गर्दै चालीसको दशकबाटै एमालेले पनि यही स्वरुप अबलम्बन गर्दै यहाँसम्म आइपुगेको बताएका छन् । उनले भनेका छन्,  ‘करिब चालीसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरुप अवलम्बन गर्दै जनताको बहुदलीय जनवाद हुँदै आजको नेकपा एमाले निर्माण भएको हो । बुर्जुवाहरूसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र वैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण नै आजको मुख्य कार्यदिशा हो ।  अन्ततः सबै कम्युनिस्टहरूको बाटो यही हो र यही बाटोबाट समाजवादसम्म पुग्ने हो ।’

उनले यही प्रक्रियाबाट नै  कम्युनिस्ट आन्दोलन एकीकृत र ध्रुवीकृत हुने बताउँदै नेपाली जनताको अपेक्षा पनि यही भएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप