आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश

आइतबार, ०६ चैत २०७८, ०८ : १०
आइतबार, ०६ चैत २०७८

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब चेल्सीले शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । 
मिडल्सब्रगको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक–एक गोल गरे ।

चेल्सीले दुबै गोल पहिलो हाफमा नै गरेको हो । पहिलो हाफको १५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । 
३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । जितसँगै चेल्सीले सेमिफाइनलमा आफूलाई स्थापित गरेको छ । 

यता मिडल्सब्रगको एफए कप यात्रा सकिएको छ । यसअघि मिडल्सब्रगले म्यान्चेस्टर युनाइटेड र टोटेनहमलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप