४०६१ जनामा कोरोना परीक्षण हुँदा ३७ जनामा संक्रमण पुष्टि
आइतबार, ०६ चैत २०७८, १६ : ४४
पछिल्लो २४ घण्टामा जम्मा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा जम्मा ४०६१ जनामा कोरोना परीक्षण हुँदा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो अवधिमा ३८२ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ३२४१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमित घट्दै गएको छ ।