कमल थापाको पार्टीले देशभर चुनाव लड्ने
आइतबार, ०६ चैत २०७८, २० : ४५
कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभर स्थानीय तहको निर्वाचन लड्ने भएको छ । स्थानीय निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा सो पार्टीले ७७ जिल्ला कार्य समितिहरूको विवरण पेश गरेको छ ।
उक्त विवरण पेश गर्न पार्टीका तर्फबाट महामन्त्री सुशील श्रेष्ठ, प्रवक्ता सुरेश आचार्य र सह महामन्त्री तेजकुमार कुरुङवाङ् निर्वाचन आयोग गएका थिए ।
थापाको अध्यक्षतामा राप्रपा नेपाल गत फागुन ७ गते घोषणा सभा गरी पुनःजागृत भएको थियो