आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई जना खोलामा मृत फेला

सोमबार, ०७ चैत २०७८, १९ : २५
सोमबार, ०७ चैत २०७८

लुम्बिनी प्रदेश र यस प्रदेशको छिमेकी जिल्लामा सोमबार दुई जनाको शव फेला परेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ सक्रहवास्थित रोहिणी खोलामा  नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका  हुन् । यस्तै  पुर्व नवलपरासीको देवचुली नगरपालिका–१७ कुजौली घाटस्थित नारायणी नदीमा डुबेर धादिंङ निलकण्ठ नगरपालिका–९ बस्ने १६ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ  ।

गत शुक्रबार  उक्त नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोमबार शव फेला परको प्रहरीले जनाएको छ ।  दुई दिन अघि एउटी बेवारिसे महिलाको पनि  कालिगडकी नदीमा शव फेला परेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी प्रज्वल प्रधानले बताएका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप