आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ममता र डिआरको ‘चाँदनी’ सार्वजनिक

मङ्गलबार, ०८ चैत २०७८, ०९ : १३
मङ्गलबार, ०८ चैत २०७८

गायिका ममता गुरुङ र डा. डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ । 

श्रेष्ठलाई मोडलिङमा गीतकार उपध्यायलेनै साथ दिएका छन् । ५ मिनेट भन्दा लमो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायांकन सकिएको छ । सम्भवत एउटै पुलमा पुरै म्युजिक भिडियो छायांकन भएको यो पहिलो हो ।

भिडियोको निर्देशन समेत उपाध्यायले गरेका हुन् । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन भिडियोमा छ । गीतमा संगीत संयोजन पुरुषोतम सुवेदीको रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप