भक्तपुरमा शव वाहनसँग ठोक्किँदा मोटरसाइकलमा आगलागी
बुधबार, ०९ चैत २०७८, ११ : ३५
भक्तपुरको लोकन्थलीमा शववाहन सँग मोटरसाइकल ठोक्किएर जलेको छ । सिन्धुपाल्चोकबाट शव लिएर आर्यघाट तिर आउँदै गरेको प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहन सँग बा.५२ प ५३८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
ठोक्किँदा मोटरसाइकलमा आगो लागेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ओखलढुंगा घर भएका ३९ वर्षीय भेषकुमार शर्मा घाइते भएका छन् । उनको लोकन्थली स्थित समिट अस्पतालमा उपचार भइरहेको छ ।