आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनएसएलबारेको विवाद मिल्यो, एन्फाले दियो स्वीकृति

बुधबार, ०९ चैत २०७८, १५ : ३३
बुधबार, ०९ चैत २०७८

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्ट प्रालि (एनइएसएम) लाई नेपाल सुपर लिग (एनएसएल) गर्न स्वीकृति दिएको छ । खेलाडी अनुबन्धका विषयमा विवाद भएको कारण एनएसएलको टाइसिट ड्र रोकिएको थियो । 
ए डिभिजन लिग क्लबले आफ्नो अनुबन्धमा रहेका खेलाडीलाई एनएसएलले छलफल नै नगरी अन्य क्लबमा अनुबन्ध गरेको भन्दै असन्तुष्टि जनाएका थिए । 

एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा विवाद समधान समिति गठन गरेको थियो । समितिको बुधबार बसेको बैठकले एनएसएल गर्न स्वीकृति दिएको हो । एन्फाले चैत २५ देखि जेठ १ गतेसम्म एनएसएल गर्न स्वीकृति दिएको हो । 

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले ‘क्लब टू क्लब’ सहमति हुने निर्णय सहित एनएसएल गर्न स्वीकृति आएको रातोपाटीलाई बताए । ‘अब ए डिभिजन लिग क्लब र एनएसएलका क्लबहरुले एक आपसमा सहमति गर्ने छन्,’ शर्माले भने ।

अब एनएसएलले छिटै नै टाइसिट ड्रका लागि नयाँ मिति सार्वजनिक गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप