आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्धारित समयमा एनएसएल हुन नसक्ने

बिहीबार, १० चैत २०७८, १८ : ५४
बिहीबार, १० चैत २०७८

नेपाल सुपर लिग (एनएसएल) निर्धारित समयमा हुन नसक्ने भएको छ । फ्रेन्चाइज फुटबल प्रतियोगिता निर्धारित समयमा गर्न नसकिने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले बताएको छ । 
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको संयुक्त बैठकले एनएसएल गर्न नसकिने बताएको हो । 

१० क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)कै पदाधिकारीहरुबाट एनएसएल गोल्डकपको मान्यतामा हुन्छ भन्नु दुःखद भएको बताएका छन् । उनीहरुले एन्फाको असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने प्रष्ट पारेका छन् । 

एनएसएल चैत २६ गतेबाट हुने मिति तय थियो । बुधबार बसेको एन्फाको बैठकले एनएसएल गर्न स्वीकृत दिएको थियो । एनएसएलले भने प्रतियोगिताको तयारी गर्न समय कम भएको बताएको छ । त्यस्तै गोल्डकपसँग समय जुधाएर एन्फाले एनएसएललाई झनै असहयोग गरेको बताएको छ । 

बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोजक र सहभागी टिमले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नहुनु र समस्या समाधानका लागि समिति गठन गरेर अघि बढ्न ढिलाई भएका कारण निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन नसकिने बताएका छन् । 

एनएसएलले हाल कायम रहेको सम्झौता स्वतः नवीकरण हुने र आगामी दिनमा वार्षिक क्यालेन्डरमा राखेर अन्य प्रतियोगितासँग नजुध्ने गरि पर्याप्त तयारीको समय दिएर भाद्र र असोज महिनाका लागि प्रतियोगिता सञ्चालनको समय उपलब्ध गराउन एन्फासँग माग गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप