आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको प्रचार विभाग सचिवमा खतिवडा

सोमबार, १४ चैत २०७८, २० : ३९
सोमबार, १४ चैत २०७८

नेकपा (एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन हुनुभएको छ । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा  सदस्यसहितको बैठकले खतिवडालाई सर्वसम्मत सो पदमा छनोट गरेको हो । सोमबार पार्टीका महासचिव वेदुराम भुसालले खतिवडालाई पदबहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए ।

सो अवसरमा अर्का उपमहासचिव एवं मोर्चा फाँट प्रमुख डा विजय पौडेलका साथै प्रचार विभागका सदस्यसहित अन्य नेताहरूको सहभागिता रहेको थियो । पदबहालीपछि नवनियुक्त सचिव खतिवडाले विभागका कार्यलाई व्यवस्थितरुपमा अभिलेख गरी आफूले पाएको जिम्मेवारीलाई समन्वयात्मक ढङ्गले कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त सचिव खतिवडा समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षकोसमेत जिम्मेवारीमा छन् । नेपाल पत्रकार महासङ्घ सप्तरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गरेका उनी तत्कालीन प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष, प्रचार विभागको तत्कालीन अञ्चल विभागसहित युवा तथा विद्यार्थीको विभिन्न जिम्मेवारी सम्हालेका थिए । सचिव खतिवडाले विसं २०४७ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप