आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लगानीको लागि सहज वातावरण बनाउन एनआरएनएको आग्रह

मङ्गलबार, १५ चैत २०७८, १२ : २९
मङ्गलबार, १५ चैत २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । 

भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे । उनले कम्पनी दर्तामै अनेक झन्झटहरू रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए । 

यस्तै विदेशीले ५ करोड भन्दा कम लगानी गर्न नपाउने व्यवस्था रहेकाले गैरआवासीय नेपालीहरुले साना लगानी गर्न चाहेकोले साना लगानीलाई पनि प्रमोट गरिनुपर्नेमा जोड दिए । सो क्रममा अर्थमन्त्री शर्माले एफडीआई सहजताका लागि आफू लागिपरेको बताए । उनले विदेशमा सिकेको ज्ञान, सिप र पुँजीलाई भित्र्याउन पनि एनआरएनएलाई आग्रह गरे ।
 
भेटका क्रममा अध्यक्ष कुँवरसहित जानकी गुरुङ, भुमा लिम्बु जुनु गुरुङ, उमेश कुमार पुडासैनी, थर्कसेनलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप