आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘रुसी सुनमाथि प्रतिबन्ध लगाउन असम्भव’

बुधबार, १६ चैत २०७८, १० : ५५
बुधबार, १६ चैत २०७८

प्रतिबन्धले सधैँ अनिच्छित नतिजा ल्याउने भएकाले त्यस्तो निर्णय अव्यवहारिक हुने प्लानेट पोन्जी लेखक मिटचेल फीरस्टेनले बताएका छन् । जसको असर प्रतिबन्ध लगाउने देशहरुमा पनि पर्ने उनको भनाइ छ । 
अमेरिका र बेलायतले रुसी केन्द्रीय बैंकको सुनको कारोबारमाथि लगाएको प्रतिबन्धबारे बोल्दै उनले यस्तो बताएका हुन् । उनले रुसको केन्द्रीय बैंकको सुनमाथिको प्रतिबन्ध असम्भव भएको पनि बताए । 

‘पहिलो त रुसी केन्द्रीय बैंक सुनको खरिदकर्ता हो, बिक्रेता होइन । दोस्रो सुनको बारहरु उत्पादन गर्न गरिने रिफाइनिङ प्रक्रिया नक्कल पनि गर्न सकिन्छ । रुसी सुनहरु सजिलै पगाल्न सकिन्छ र अर्को रिफाइनर कहाँ लैजान सकिन्छ । यस किसिमका सुनहरु पुनः बिक्री गर्न सकिन्छ’, उनको भनाइ छ । 

साटासाट र बजारले सुन कहाँ उत्पादन गरिएको हो र प्रशोधन गरिएको भन्ने अर्थ नराख्ने भन्दै उनले यसको हेक्का पनि नहुने बताए ।  ‘त्यसैले रुसको सुनमाथि प्रतिबन्ध लगाउने प्रयास असम्भव हो’, उनको भनाइ छ ।  खरिदकर्ताले न्यूनतम मूल्यांकन शुद्धता र एकिन वजन मात्रै परीक्षण गर्ने उनले बताए । 

फीरस्टेनले सुनमाथिको प्रतिबन्ध सहजै पन्छाउन सकिने बताएका छन् । ‘सुन ६००० वर्ष भन्दा बढीको अवधिदेखि मुद्राको रुपमा रहँदै आएको छ र यो सधै रहिरहेनेछ,’ उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप