२४ घण्टामा २५ जनामा कोरोना संक्रमण, देशभर १०८१ जना सक्रिय संक्रमित
बिहीबार, १७ चैत २०७८, १६ : ४७
पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएन ।
मन्त्रालयका अनुसार अहिले देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।