आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

शनिबार, १९ चैत २०७८, १० : १६
शनिबार, १९ चैत २०७८

अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते  सोही गाँउकी ४ बर्षीया किशोरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप