आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बाँडफाँड गर्ने

सोमबार, २१ चैत २०७८, १२ : ०१
सोमबार, २१ चैत २०७८

नेपाल राष्ट्र बैंकले आज सोमबार कुल ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बाँडफाँड गर्ने भएको छ । भोलि अर्थात् चैत २२ गतेदेखि जारी गरिने उक्त बिल सोमबार ३ बजे बाँडफाँड गर्ने बैंकले जनाएको हो । 
बैंकले गत चैत २ गतेदेखि २१ गतेसम्म ट्रेजरी बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको थियो । 

२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा कुल ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको बैंकले कुल बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड गरिने जनाएको छ ।

२१ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप