आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर बारामा एक किसानको मृत्यु

बुधबार, २३ चैत २०७८, ११ : १०
बुधबार, २३ चैत २०७८

बाराको सिम्रौनगढ नगरपालिका ५ स्थित ईटवालमा करेन्ट लागेर मंगलवार राति एक किसानको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर स्थानीय ६५ वर्षिय जनक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

करेन्ट लागेर गम्भिर घाइते भएका राउतलाई स्थानीयले उद्धार गरी सिम्रौनगढ नगर अस्पतालमा पु¥याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा पुर्या‍इएको थियो ।

कलैया अस्पतालमै उपचारको क्रममा राउतको राती करीब पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परिक्षण पछि अन्तिम संस्कारको लागी जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मोटरबाट खेतमा पानी हाल्ने क्रममा सावधानी नअपनाउँदा बारामा करेन्ट लागेर ज्यान गुमाउने घटना बढदै गएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप