आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

शनिबार, २६ चैत २०७८, १४ : २७
शनिबार, २६ चैत २०७८

इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप