आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको चुनावी एजेण्डा : निःशुल्क खानेपानी, सुखी जिन्दगानी

मङ्गलबार, २९ चैत २०७८, ११ : १४
मङ्गलबार, २९ चैत २०७८

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ‘निःशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ । यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पु¥याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख छ ।

हरेक घर परिवारमा खानेपानी पु¥याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ । हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २०० युनिट निःशुल्क विजुली, सामुदायिक विद्यालयको सुधार, निःशुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका एजेण्डा पनि घोषणात्रमा समेटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप