आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टीका प्रसाईं र युवराजको स्वरमा नयाँ गीत ‘प्लिज नभन है...’ बजारमा

शुक्रबार, ०२ वैशाख २०७९, १२ : ०३
शुक्रबार, ०२ वैशाख २०७९

गायक युवराज मगर र टीका प्रसाईँको आवाजमा नयाँ गीत ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले उक्त गीत सार्वजनिक गरेका हुन् । एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । 

डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य देख्न सकिन्छ । भिडियोमा गाउँको युवा र शहरकी युवती बीचको कथालाई प्रस्तुत गरिएको छ ।

मोर्डनपन र मौलिकपन दुबैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

भिडियो :

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप