आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवाह घरमा करेन्ट लागेर एकको मृत्यु, ७ घाइते

आइतबार, ०४ वैशाख २०७९, १० : २२
आइतबार, ०४ वैशाख २०७९

रौतहटमा विवाह हुन लागेको एक घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह भइ लाग्दा ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो।  

दुर्गाभगवती गाउँपालिका १ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसन्ध्यामा शनिवार अबेर गाउँलेहरु भेला भएर नाचगान गरिरहेका थिए ।  गीत गाउने क्रममा  माइकमा एकाएक करेन्ट प्रवाह हुँदा नरेश राउतकी सम्घरिया देवीलाईसहित ८ जना महिलालाई करेन्ट लागेको थियो । 

सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा देवीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । करेन्ट लागेर घाइते हुनेहरुमा दुर्गाभगवती १ पिपरा बस्ने  सिता देवी राउत बरै, अनिता देवी राउत , मन्तोरिया देवी , मुनि राउत , केवला देवी, शुसिला देवी र हिरिया देवी रहेको प्रहरीले जनाएको छ। तराई मधेसमा  विवाह हुँदा झन्डै दुईसाता अघिदेखि छिमेकीहरु बिहे घरमा जम्मा भएर लगनको शुभगीत गाउने चलन रहेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप