मधेश प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने
मङ्गलबार, ०६ वैशाख २०७९, १९ : ५७
मधेस प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने भएको छ । गठबन्धनका जिल्ला अध्यक्षहरूसँग मंगलबारको छलफलमा सहमती नभएपछि बैठक बुधबार बस्ने भएको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र राजपाले जितेको पालिकामा दावी गरेपछि सहमति हुन नसकेको बताइएको छ । सोमबारको बैठकमा दलहरुबीच ०७४ सालको स्थानीय तहमा जितेको दलले नै यो निर्वाचनमा पनि लिने सहमति भएको थियो ।
तर तत्कालिन राजपा नेपाल र एमालेले जितेको ३४ पालिकामा कसले कति लिने भन्नेमा सहमति हुने नसकेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका मधेश प्रदेश अध्यक्ष गणेश साहले आज बस्ने भनिएको प्रदेश कमिटीको बैठक जिल्ला अध्यक्षको छलफलमा सहमति जुट्न नसकेपछि सारिएको बताए ।