आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश

बुधबार, ०७ वैशाख २०७९, १० : ११
बुधबार, ०७ वैशाख २०७९

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै पहिलो पटक जर्मन कपको फाइनलमा पुगेको हो ।

फ्रेइबर्गलाई जित दिलाउन निल्स पिटर्सन, निकोलस होफ्लर र भिकान्जो ग्रिफोले एक–एक गोल गरे । उता ह्यामबर्ग एसभीका लागि रोबर्ट ग्लाटजेलले एक गोल फर्काए ।​ फ्रेइबर्गका लागि खेलको ११औँ मिनेटमा निल्स पिटर्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

१७औँ मिनेटमा निकोलस होफ्लरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । भिकान्जो ग्रिफोले ३५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ३–० को बनाए ।  खेलको ८८औँ मिनेटमा रोबर्ट ग्लाटजेलले ह्यायामबर्गरका एक गोल फर्काए । ​फ्रेइबर्गले अब उपाधिका लागि आरबी लाइपजिग र युनियन बर्लिनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप