शनिबार पनि आरटीजीएस प्रणाली खुल्ला रहने
शुक्रबार, ०९ वैशाख २०७९, १९ : ३४
नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुल्ला रहने जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८६’ को ब्याज भुक्तानीका लागि शनिबार पनि आरटीजीएस सेवा खुल्ला राखिने जनाएको हो ।
यद्यपि, शनिबारका लागि बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा मात्र आरटीजीएस सेवा खुल्ला रहने बैंकले जनाएको छ । अरु बार विहान कार्यालय समय अर्थात् विहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै आरटीजीएस सेवा खुल्ला रहनेगर्छ ।