विकास र परिवर्तनका लागि दमकमा नेतृत्व परिवर्तन आवश्यक छ : उपमेयरकी उम्मेदवार प्रसाईं (भिडियोसहित)
दमक नगरपालिकाको गठबन्धन तर्फकी उपमेयर पदकी उम्मेदवार हुन् रेगिना भट्टराई प्रसाईँ । दमक नगरपालिकामा जित दर्ता गर्ने कसरतमा रहेकी रेगिना राप्रपासहितको ६ दलीय गठबन्धनलाई दमकको आवश्यकता मानेर अघि बढेको बताउँछिन् । हाल दमक नगरपालिकामा एमाले भर्सेस छ दलीय गठबन्धन चुनावी मैदानमा छ ।
जसमा एमालेका तर्फबाट उपप्रमुख पदका लागि अम्बिका खतिवडाको उम्मेदवारी छ भने गठबन्धनका तर्फबाट प्रसाईँको उम्मेदवारी छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएकी प्रसाईँले विशेष गरेर दमकको विकास र परिवर्तनका लागि नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँछिन् । विगत लामो समयदेखि दमकमा एमालेको स्थानीय सरकार रहँदै गर्दा अब नेतृत्व परिवर्तनका आवश्यकता ठान्छिन् प्रसाईँ ।
दमकको भौतिक पूर्वाधारको विकास, दमक नगरबासीकालागि समतामुलक र सामाजिक न्याय, शिक्षा र स्वास्थ्य क्षेत्र, महिला अधिकार लगायतका विविध विषयमाथि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउने प्रसाइँसँग रातोपाटीका लागि गरिएको भिडियो संवाद :