प्रियंका चोपडाले अनुहारमा चोट लागेको फोटो सेयर गरिन् : प्रशंसकले सोधे, ‘तपाईंलाई ठिक त छ ?’
बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा अनुहारमा चोट लागेको फोटो सेयर गरेकी छिन् । उनको तस्बिर हेरेर धेरैजना सुरुमा झस्किए र उनलाई खासमा के भएको हो भनेर सोध्न थाले । कतिले भने उनले उक्त तस्बिर आफ्नो आउँदो हलिउड वेब सिरिज चिटाडेलको सेटबाट सेयर गरेको पनि अनुमान गरे ।
उक्त तस्बिर सेयर गर्दै उनले फलोअर्सलाई सोधिन्, ‘के तपाईंको पनि काममा कठिन दिन थियो ?’ यसका साथै उनले स्माइली पनि पोस्ट गरेकी छिन् ।
उनको यो तस्बिरमा धेरैले ‘ओएमजी’ कमेन्ट गरेका छन् । यसका साथै एकजना प्रशंसकले ‘के भयो ? तपाईंलाई ठिक छ ?’ यस्तै अर्काले सोधे, ‘यो के भयो ?’ यस्तै अर्काले कमेन्टमा लेखेका छन्, ‘आफ्नो ख्याल राख्नु... प्रत्येक दिन नयाँ अनुभव हो ।’
यस्तै, अर्का एकजनाले भने, ‘ओएमजी, एकछिनको लागि त तपाईंलाई चोट लाग्यो कि भन्ने सोचेँ ।’
प्रियंका आफ्नी छोरी मालती म्यारी चोपडा जोनसलाई घर ल्याएपछि शोको सुटिङमा फर्किएकी थिइन् ।