श्रम स्वीकृति लिनेको सङ्ख्या ५६ लाख ६५ हजार पुग्यो (कुन देशमा कति ? )
शनिबार, १४ जेठ २०७९, २२ : ०८
फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५६ लाख ६५ हजार २ सय २६ पुगेको छ ।
आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार यसमध्ये पुरुषको सङ्ख्या ५३ लाख ४८ हजार ८ सय १४ रहेको छ भने महिलाको सङ्ख्या ३ लाख १६ हजार ४ सय १२ रहेको छ। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म थप ४ लाख १२ हजार ७ सय ८७ जनाले वैदेशिक रोजगारीमा जान नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्।