आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रुसी राजदूतबीच भेटवार्ता

मङ्गलबार, १७ जेठ २०७९, ११ : ५१
मङ्गलबार, १७ जेठ २०७९

नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा आज बिहान भएको भेटमा राजदूत नोभिकोलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि सुमधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे। 

भेटको क्रममा दुई देश बिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । सो भेटको अवसरमा राजदूत नोभिकोले आगामी दिनमा नेपाल-रुस सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वास समेत व्यक्त गरेको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप