आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शेखर ढुंगेलको कथाकृति 'जात' सार्वजनिक

सोमबार, २३ जेठ २०७९, ०८ : ०८
सोमबार, २३ जेठ २०७९

साहित्यिक पत्रकार संघद्वारा आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति 'जात'को लोकार्पण गरिएको छ । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गरेका हुन् । 

सो अवसरमा कुलपति उप्रेतीले ढुंगेलको साहित्यिक सक्रियताको प्रशंसा गर्दै जात कृतिका माध्यमबाट उनले नेपाली साहित्यमा थप योगदान गरेको बताए । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको समारोहमा वरिष्ठ समालोचक प्रमोद प्रधान र आख्यानकार एबम् पत्रकार बबिता बस्नेतले लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए। 

सो अवसरमा वरिष्ठ समालोचक प्रमोद प्रधानले सुख र खुशीको खोजमा विदेश गएका नेपालीहरूको दुःख र पीडालाई कथाकारले प्रमुख विषय बनाएको बताए । अर्का समीक्षक बबिता बस्नेतले  कथामा नयाँ विषयहरूलाई रोचक तरिकाले प्रस्तुत गरिएको बताइन्। 

समारोहमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र शिक्षाविद् विद्यानाथ कोइरालाले पनि कृति र कृतिकारबारे आआफ्ना धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप