आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुगुको जनजागृति विद्यालय एक शिक्षकको भरमा चल्दै

सोमबार, २३ जेठ २०७९, ११ : ३५
सोमबार, २३ जेठ २०७९

मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका– २ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा दुई जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मात्र शिक्षकले अध्यापन गराइरहँदा विद्यार्थीले सहज रूपमा शिक्षा लिन पाएका छैनन् ।    
  
२०२८ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय सो विद्यालयमा  दुई जना शिक्षकको दरबन्दी भए पनि हाल एक जना शिक्षकले मात्र अध्ययन अध्यापन गराइरहेका छन् । भएका शिक्षक पनि विद्यालयमा नबस्दा यस विद्यालयमा अध्ययनरत रहेका २७ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो । विद्यालयमा नियमित शिक्षकहरू उपस्थिती नहुँदा लाखौँ मूल्यका सात कोठे भवन निमार्ण प्रयोगविहीन भएका छन् ।   

करिब चार सय घरधुरी रहेको मुगुमा गाउँमा लामा, तामाङ र दलित समुदायको बसोबास छ । त्यहाँ  एउटा मात्र प्राथमिक विद्यालय छ । निम्न आयका भएका परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्यापन गराउन शिक्षक नियमित नबस्ने भएकाले पठनपाठनमा समस्या भएको अभिभावकको गुनासो छ  । 

शिक्षक नियमित नबस्ने भएकाले घोडा, चौंरी, गोठालो पठाउनु परेको अविभावक उगिर्न कामीले बताए ।   हिमाली बस्ती भएको कारण ६ महिना पढाई हुने गरेको विद्यालयले जनाएको छ । अहिले यार्सा संकलन गर्ने सिजन भएको हुँदा केही विद्यार्थी यार्सा संकलनमा गएको र शिरानिचौरमा गाउँपालिकासँग सहकार्य गरेर पढाउने गरेको जनजाग्रती प्राथमिक विद्यालयका प्रधानाध्यापक पासाङ लामाले बताए ।  

अब आउँदा दिनहरूमा मुगु गाउँमा रहेको विद्यालय र चितैमा रहेको विद्यालयमा अध्यायन गर्ने बालबालिकाहरुका लागि भविष्य सुधारको लागि केही नयाँ स्वरुपले जनप्रतिनिधिहरूसँग सहकार्य गरेर जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप