आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खोला तर्ने क्रममा वेपत्ता भएका कुखुरे माइलाको शव भेटियो

शनिबार, २८ जेठ २०७९, ०९ : १३
शनिबार, २८ जेठ २०७९

तनहुँको कुखुरे खोला तर्ने क्रममा वेपत्ता भएका कुखुरे माइलाको नामबाट चिनिने याम बिकको आज बिहान शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका १० कुखुरे खोला बस्ने बिक शुक्रबार वेपत्ता भएका थिए ।

आफ्नै घर जाने क्रममा खोलामा आईरहेको भेलले उनलाई बगाएको थियो । हिजो रातिदेखि स्थानीय र प्रहरीको सहायतामा खोजी कार्य जारी राखिएकामा आज विहान ७ बजे उक्त स्थानदेखि ४ सय मिटर तल ब्राहा खोलाको छेउमा बिक मृत अबस्थामा फेला परेका हुन् । 

५२ वर्षिय बिकको खोलाले बगाएर मृत्यु भएको देखिए पनि घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप