आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गीतकार चाम्लिङको नयाँ गीत ‘ओ नाना ताया’ सार्वजनिक

आइतबार, २९ जेठ २०७९, ११ : १०
आइतबार, २९ जेठ २०७९

गीतकार टीका चाम्लिङको रचनामा ‘ओ नाना ताया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राई नवीनको सङ्गीत र सुन्दर रोदुङको आवाज रहेको गीतको भिडियो आदिम आवाज अनलाइन टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा दश वर्षे सशस्त्र आन्दोलनमा एक सामान्य परिवारले भोग्नु परेको पीडाको कथा समेटिएको छ ।  

गीतमा सङ्गीत संयोजन नोर्वु शेर्पा, रेकर्डिष्ट पदम रजान मगर, मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङको रहेको छ । गीतको भिडियोको छायांकनका खोटाङको नुनथला क्षेत्रमा गरिएको हो । भिडियोमा भूमिकामा प्रमिला राई, इसम्बु चाम्लिङ राई, सुम्निमा चाम्लिङ राई, कुमार राई, बालकलाकारका रूपमा नाकिमा चाम्लिङ राईलगायत छन् । 

भिडियोमा क्यामेरा तथा ड्रोन सञ्चालन टार्जन लिम्बूले गरेका हुन् भने लाइटस् जयन्द्र कुँवर र रङ संयोजन तथा सम्पादन दिपेन बस्न्यातको रहेको छ । भिडियोको कथा तथा परिकल्पना गीतकार चाम्लिङ स्वयंको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप