आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सुनको लौरो’ झापा पुगेपछि विमानस्थल भन्सारमाथि पनि उठ्यो प्रश्न

आइतबार, ०५ असार २०७९, १२ : ००
आइतबार, ०५ असार २०७९

संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले  विमानस्थलको  भन्सार पार गर्दै व्यवसायी दुर्गा प्रसाईंलाई ‘सुनको लौरो’ उपहार दिएपछि विमानस्थल स्थित भन्सार कार्यालयमाथि प्रश्न उठेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले  राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन,’ उनले भने ।

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए ।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनविज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ । 

यो प्रकरणपछि विमानस्थलस्थित भन्सार कार्यालयको कार्यक्षमतालाई लिएर बहस सुरु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप