आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ठेकीमा मदानी’ भन्दै नाचे सुधिर र सुपा

मङ्गलबार, ०७ असार २०७९, ०८ : ०८
मङ्गलबार, ०७ असार २०७९

गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको स्वर रहेको गीत ‘ठेकीमा मदानी’ सार्वजनिक भएको छ ।  

लोक शैलीमा तयार गीतमा साजन पराजुलीको शब्द तथा गायक अर्यालकै संगीत रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको गीतको भिडियोमा भने सुधिर श्रेष्ठ र सुपा खनालको रोमान्स देख्न सकिन्छ । 

प्रेमकथा प्रस्तुत गरिएको भिडियो  युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियो सुधन धितालले निर्देशन गरेका हुन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ ।

सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोमा महफुज अन्सारीको छायांकन, सुवाश देवकोटाको सम्पादन छ । भिडियो ‘क्ल्यासिक फ्रेम मुभिज’ को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप