आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुकाकुलाई अनुबन्ध गर्ने इन्टर मिलानको निर्णय

बुधबार, ०८ असार २०७९, ०६ : ३८
बुधबार, ०८ असार २०७९

इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने भएको छ । इन्टरले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।

लुकाकुलाई इन्टरले ८ मिलियन युरोमा लोनमा अनुबन्ध गर्न लागेको  जनाएको छ  । लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुनस् अनुबन्धित भएका थिए । 

लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले सो क्लवबाट ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप