आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोल्पाको  होस्टलमा  किशोरी  मृत  फेला

बुधबार, ०८ असार २०७९, ०७ : ३५
बुधबार, ०८ असार २०७९

सरकारी  निकायले  आयोजना गरेको  ब्युटीपार्लर  तालिममा   सहभागी   रोल्पाकी  एक  किशोरी  होस्टलमा  मृत फेला  परेकी  छिन्  ।

जिल्लाको  रुन्टिगढी गाउँपालिका- ५  छिन्नेटाकी  १७ वर्षीय  कृष्णी  बिक  मृत  फेला  परेकी  हुन  ।  सदरमुकाम लिवाङ्ग  स्थित   घरेलु  तथा  साना  उधोग  कार्यालयले  आयोजना  गरेको  ब्युटिपार्लर  तालिममा   गएकी  उनी  होस्टलमा  सुतेको  अवस्थामा मृत  फेला  परेको  प्रहरीले जनाएको  छ  ।  

रोल्पाका  प्रहरी  प्रमुख  डिएसपी बिनोद  घिमिरेका  अनुसार  होष्टलको  कोठामा  सर्प  फेला  परेको  र  औँलामा  सानो  घाउ  देखिएकोले  सर्पले  टोकेर  उनको  मृत्यु भएको  हो  कि  भन्ने आशंका  गरिएको  छ   । तर   मेडिकल रिपोर्ट  न  आए  सम्म  एकिन  भन्न  नसकिने  उनको  भनाइ  छ    ।  शव  पोष्टमार्टमका लागि  जिल्ला  अस्पतालमा राखिएको  छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप