आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इङ्ल्याण्डविरुद्ध एक खेल अगावै भारतलाई श्रृङ्खला

आइतबार, २६ असार २०७९, ०६ : १३
आइतबार, २६ असार २०७९

घरेलु टोली इङ्ग्ल्यान्डलाई  लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृङ्खला जितेको छ । 

भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इङ्ग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनायो ।  भारतका लागि रवीन्द्र जेडेजाले सर्वाधिक ४६ रन  बनाए । इङ्ग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए । यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप