आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुटवलको एक होटलमा किशोरी  मृत फेला, सँगै होटल पुगेका युवक फरार

आइतबार, २६ असार २०७९, ११ : ५८
आइतबार, २६ असार २०७९

बुटवलको एक होटलमा बास बस्न गएकी  एक किशोरी  होटलमै मृत फेला परेकी छन्  । उनीसँगै गएका युवक भने  सोही दिन राती  नै होटलबाट निस्केर हिँडेको होटल सञ्चालकले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार बुटवल उपमहानरपालिका–३  मा रहेको पाल्पाली होटलको कोठामा सोही नगरपालिका -२ की  १६ वर्षीया समीक्षा गुरुङ मृत फेला परेकी हुन् । एक युवकको साथ समीक्षा शुक्रबार राती करिव साढे १० बजे त्यस होटलमा पुगेको बताइन्छ । 

युवक राती नै खाना खाएको बिल तिरेर निस्किएको होटलवालाले प्रहरीलाई  बताएका थिए । शनिबार दिउँसो उक्त होटलको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको  खबर पाएपछि प्रहरी घटना स्थलमा पुगेर मृतकको सनाखत गरेको थियो ।  बेपत्ता युवकको  पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप