आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भागीरथको ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा

मङ्गलबार, २८ असार २०७९, ११ : ४८
मङ्गलबार, २८ असार २०७९

तीज आउन करिब डेढ महिना बाँकी रहेपनि बजारमा तीज गीतहरु धमाधम भित्रिन थालेका छन् ।

यस्तैमा गायक भागीरथ चलाउनेले ४ दिन अगाडि सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शिर्ष स्थान ओगट्न सफल भएको छ ।

सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल भएको यो गीत भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । बोमबहादुर गाहा मगरले शब्द रहेको गीतमा संगीत समेत गायक चलाउने कै रहेको छ ।

गीतको भिडियोमा गीता ढुंगाना र भागीरथको अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन्, भने सम्पादन बिष्णु शर्माको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप