आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शाहरुखदेखि कट्रिनासम्म, निजी समारोहमा नाचेको यस्तो छ चार्ज

बुधबार, २९ असार २०७९, ११ : ५८
बुधबार, २९ असार २०७९

बलिउड स्टार अभिनयको माध्यमबाट दर्शकको मनमा राज गर्न सफल छन् । दर्शक पनि सेलिब्रेटीका लुक्स र अभिनय प्रति भुतुक्कै हुन्छन् । दर्शकको मायाका कारण कलाकारको स्टारडम बन्छ । यही स्टारडमले उनीहरुका लागि आम्दानीको ढोका खोलिदिन्छ । त्यसैले लोकप्रिय कलाकारको आम्दानीको श्रोत अभिनय मात्र नभएर निजी समारोह पनि हुने गरेको छ ।

यस्तो छ बलिउडका ५ स्टारको निजी समारोहमा पफर्मेन्स फिस :
 
शाहरुख : बलिउडका बादशाह अर्थात् शाहरुख खानले आफ्नो करियरमा धेरै उत्कृष्ट फिल्म दिएका छन् । अहिले उनी आफ्नो फिल्म ‘पठान’ र ‘जवान’ लाई लिएर चर्चामा छन् । उनी विवाह पार्टीहरूमा पनि धेरै सहभागी हुन्छन् । यसको लागि उनी राम्रो रकम चार्ज गर्छन् । रिपोर्टका अनुसार शाहरुख खानले बर्थ डे पार्टी, बिहे वा अन्य कुनै पनि निजी समारोहमा डान्स गरेबापत करिब ३ करोड (भारु) लिने गर्छन् ।

अक्षय कुमार : बलिउडका खेलाडी कुमारको नामले चर्चित अभिनेता अक्षय कुमार पनि निजी समारोहमा निकै उत्साहका साथ सहभागी हुन्छन् । रिपोर्टका अनुसार उनले एक कार्यक्रमको करिब २.५ करोड (भारु) लिन्छन् ।

सलमान : बलिउडका दबंग सलमान खानका फ्यानको कुनै कमी छैन । उनको फिल्मको दर्शक हमेसा प्रतिक्षा गर्दछन् । यही कारणले गर्दा उनीहरुलाई निजी पार्टीका कार्यक्रममा बोलाउन पनि धेरै निम्तो आउँछन् । रिपोर्टका अनुसार सलमान खानले पार्टी वा निजी समारोहमा डान्स गरेबापत करिब २ करोड (भारु) लिन्छन् ।

ऋतिक : आफ्नो लुक्स र अभिनयका अलावा अभिनेता ऋतिक आफ्नो नृत्यका लागि पनि चिनिन्छन् । रिपोर्टका अनुसार ऋतिक रोशनले एक प्राइभेट पार्टीमा डान्स गरेको करिब २.५ करोड (भारु) लिन्छन् ।

कट्रिना :  बलिउडकी बार्बी डल कट्रिना कैफलाई एक निजी पार्टी समारोहमा निम्तो दिनको लागि मानिसको भिड लाग्ने गर्छ । रिपोर्टका अनुसार कट्रिनाले कुनै समारोह पार्टी वा कुनैपनि निजी कार्यक्रममा डान्स गरेबापत करिब ३.५ करोड (भारु) लिने गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप