नागरिकता विधेयक फिर्ता गरियोस् : भीम रावल
नेकपा एमालेका नेता भीम रावलले कुनैपनि देशले नागरिकताको विषयलाई हेलचेक्रयाई र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गरेका छन् । उनले नागरिकता सम्बन्धि पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाउदै विधेयक फिर्ता लिन माग गरे ।
उनले देश अप्ठेरो अवस्थामा रहेको र चुनावमा जाँदै गरेको अवस्थामा जनसंख्याको राजनीतिबाट देशलाई असर पार्ने काम नगर्न विरोधको सुचना दिएको पनि बताए । यस्तै अर्का सांसद शेरबहादुर तामाङले असमान ढंगले नागरिकता विधेयक आएको भन्दै नेपाली नागरिकले विवाह गर्ने विदेशीलाई वंशजको हक दिने हो भने नेपाली आमाका छोरीहरूले पनि पाउनुपर्ने व्यवस्था गर्न माग गरे ।
‘जन्मसिद्ध नागरिकले नागरिकता पाउने कुरालाई विधेयकमा स्पस्ट पारिएकै छैन । थोकमा हिसाव गरिरहेका छौ । ७२ असोज ३ भनेर राखिएको छ । के नागरिकता भन्ने कुरा टेण्डर हो ?’, तामाङको प्रश्न छ । उनले नेपालमा जन्मेका विशेषगरी ब्रिटिस र सिंगापुरमा काम गर्न गएकाहरूका सन्तानको नागरिकता पाउने सुनिश्चितता किन गर्न सकिएन भनेर प्रश्न गरे ।